९ असोज, विराटनगर । लिभरपुल काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । लिग वान क्लब मिल्टन केएनेस डोन्सलाई २-० गोल अन्तरले पराजित गर्दै लिभरपुल चौथो चरणमा पुगेको हो ।
मिल्टनको मैदानमा लिभरपुलको जितमा जेम्स मिल्नर र कि जना होएभरले एक–एक गोल गरे । खेलको ४१ औं मिनेटमा मिल्नरको गोलमा लिभरपुलले अग्रता बनायो । उनले क्लवका लागि सन् २०१० पछि पहिलो गोल गर्न सफल भए ।
६९ औं मिनेटमा लिभरपुलका लागि होयभरले गोल गर्दै २-० को जित दिलाए । युवा खेलाडी होयभरको सिनियर टिमका लािग पहिलो गोल हो ।
चौथो चरणमा लिभरपुलले आर्सनलसँग खेल्नेछ ।










