९ असोज, एजेन्सी । बल्लबल्ल मैदानमा फर्किएका मेस्सी पुन घाइते भएपछि बार्सिलोनाका आगामी केही खेलमा उनी अनुपस्थित हुने भएका छन् । अन्तर्रा्ष्ट्रिय सन्चार माध्यमका अनुसार मेस्सीले कम्तीमा तीन खेल गुमाउने छन् ।
मेस्सीले बार्सिलोनाका लागि यो सिजन ३ खेल मात्र खेल्न भ्याएका छन् । यसै साता फिफा वर्ष खेलाडी घोषित मेस्सीले यो सिजन गोल गर्न सकेका छैनन् । मेस्सी गत सिजन घरेलु लिग र युरोपकै सर्वा्धिक गोलकर्ता बनेका थिए ।
छैटौँपटक फिफा वर्ष खेलाडी भएको भोलीपल्ट गत मंंगलबार घरेलु लिगमा भिल्लारियलविरुद्ध खेल्नेक्रममा मेस्सीको पिँडुलामा चोट बल्झिएको थियो । त्यस खेलमा उनलाई यो सिजनकै पहिलोपटक सुरुवाती टोलीमा समावेश गरिएको थियो । पछिल्लो घटनापछि मेस्सीले युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इन्टर मिलानविरुद्ध आगामी साता हुने खेल मेस्सीले गुमाउने छन् ।
बार्सिलोनाले आगामी शनिबार घरेलु लिगमा गेटाफेसँग खेल्दै छ । त्यसपछि इन्टर मिलान र सेभिलविरुद्ध भिड्ने छ । यो सिजन बार्सिलोनाको प्रदर्शन सन्तोषजनक छैन। उसले घरेलु लिगमा तीन जित, दुई हार र एक बराबरीको नतिजा निकालेको छ। मेस्सीले यो सिजन टोलीका सुरुवाती चार खेल चोटकै कारण गुमाएका थिए ।