आफूहरुको कुरा सुन्न शीर्ष नेता नबसेको भन्दै द्वन्द्वपीडितहरु आक्रोशीत

आफूहरुको कुरा सुन्न शीर्ष नेता नबसेको भन्दै द्वन्द्वपीडितहरु आक्रोशीत

९ असोज, काठमाडौं । आफूहरुको कुरा सुन्न शीर्ष नेता नबसेको भन्दै एक कार्यक्रममा द्वन्द्वपीडितहरुले होहल्ला गरेका छन् ।

बिहीबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको संक्रमणकालीन न्यायको विषयमा द्वन्द्वपीडित र शीर्ष नेताबीचको अन्तरक्रिया कार्यक्रममा पीडितले प्रमुख दलका शीर्ष नेता नआएको भन्दै होहल्ला गरेका हुन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बोलाइएका थिए । तर प्रचण्ड कार्यक्रममा पुगेका छैनन् भने देउवा पनि आफ्ना भनाइ राखेर चाँडै बाहिरिएका थिए । देउवा बाहिरिएपछि द्वन्द्वपीडितले नेताहरुले आफूहरुको कुरा नसुनेको भन्दै होहल्ला गरेका हुन् ।

तर राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले देउवा गए पनि उनको प्रतिनिधिको रुपमा कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल रहेको र नेकपा अध्यक्ष प्रचण्ड आउँदै गरेको जानकारी गराएपछि उनीहरु सिटमा बसेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.