९ असोज, काठमाडौं । एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३र३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड प्रहार गरेका थिए ।
मुस्कानलाई भदौ २० गते विद्यालय जाने क्रममा सम्साद मियाँले एसिड प्रहार गरेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको अहिले कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।