९ असोज, काठमाडौँ ।
शिशिर राणाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पोइ र्पयो काले’को हेर्दै कन्फ्युज हुने पोस्टर सार्वजनिक भएको छ । कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस चलचित्रमा स्टार कास्टिङको विषयदेखि नै चर्चा भइरहेको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता सौगात मल्ल, आकाश श्रेष्ठ र अभिनेत्री श्रृष्टि श्रेष्ठको आकर्षक कम्बिनेसनले चलचित्रप्रति उत्सुकता जन्मेको छ ।
केही दिनयता चलचित्र निर्माण टिमले लगातार नयाँ पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । जस मध्ये एकमा सौगात, पूजा, आकाश र श्रृष्टि सबैलाई दुलहा–दुलहीको भेषमा देख्न सकिन्छ । यसै गरी अर्को पोस्टरमा सौगातले श्रृष्टि र आकाशले पूजाको हात समातेका छन् । यी दुई पोस्टरले फिल्ममा कसको जोडी को ? भन्ने अन्योलता सृजना गरेको छ । तर यसको जवाफ पाउनका लागि हलसम्म पुग्नु पर्ने निर्माण पक्षले बताएको छ ।

चलचित्रमा सौगात, पूजा, आकाश, श्रृष्टी, सोहित, सुरक्षाका साथमा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, विनोद खतिवडा, श्याम राई, गोपाल ढकाल, राजेन्द्र नेपाली लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक राणा कै रहेको छ यसै गरी शिव ढकालले चलचित्र खिचेका हुन् । चलचित्रका गीतमा सुवास भुसाल र पुरुषोत्तम न्यौपानेले सङ्गीत भरेका छन् । दीपक मनाङ्गे र अ।देवी राई निर्माता रहेको यस चलचित्रका कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् ।









