१३ औं साग निर्धारित समयमा हुनेमा शंका

१३ औं साग निर्धारित समयमा हुनेमा शंका

९ असोज, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी समितिको बैठकले विभिन्न १५ वटा उप समिति गठन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको तयारी समितिको बैठकले उपसमितिहरुको संयोजकसहित समिति गठन गरेको हो ।

भदौ २६ गतेको बसेको मन्त्रिपरिषद बैठकले साग संचालन सम्बन्धि कार्यविधि पारित गरेपछि बिहीबार पहिलो बैठक बसेको छ । सागका लागि प्रधानमन्त्रीको संयोजकत्वमा ११ सदस्यीय निर्देशन समिति, खेलकुद मन्त्रीको संयोजकत्वमा २५ सदस्यीय तयारी समिति र सदस्यसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यकारी समिति यसअघि नै निर्माण भइसकेको छ ।

विहीबार गठन गरिएका समितिहरुमा राष्ट्रिय टिम तयारी उपसमिति, खेलस्थल व्यवस्थापन उपसमिति, प्राविधिक उपसमिति, स्रोत साधन परिचालन उपसमिति, सुरक्षा उपसमिति, आवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, प्रचार, प्रसार तथा प्रकाशन उपसमिति, समारोह उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, अनुगमन, निरीक्षण तथा मूल्यांकन उपसमिति, अतिथि सत्कार उपसमिति, खेलसामाग्री, उपकरण तथा पोशाक व्यवस्थापन उपसमितिर एन्टि डोपिङ्ग उपसमिति रहेका छन् ।

सागका खेलहरु सुरु हुन जम्मा २ महिनाको समय मात्र बाँकी छ । मुख्य रुपमा खेलस्थलको ब्यबस्थापन र पूर्वाधारहरुको निर्माण ढिलो भैरहेको छ । यसै बीच दुइ ठूला चाड संगै लामो बिदा समेत पर्ने हुदा प्रतियोगिता तोकिएको समयमा हुन नसक्ने टिप्पणी हुन थालेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.