९ असोज, काठमाडौं ।
गोरखा र आसपासका जिल्लामा बिहीबार साँझ भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
केन्द्रले यो २०७२ सालको गोरखा भूकम्पकै परकम्प भएको बताएको छ ।