९ असोज, विराटनगर ।
विराटनगरको जलजला चोकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ मा मोबाईल खरिद गर्दा लक्की ड्र मार्फत ३२ इन्चको एलईडी टिभी उपहार पाईने भएको छ ।
मोबाईल केयरले नजिकिँदै गरेका चाड पर्वहरु बडादशै, शुभदिपावली तथा छठ पर्वको अवसरमा जुन सुकै स्मार्टफोन खरिद गर्दा दुई जनालाई लक्की ड्र मार्फत एलईडी टीभी उपहार दिने योजना सार्वजनिक गरेको हो ।
एटु जेडका सञ्चालक जगदीश डागाले लक्की ड्र सुरु भईसकेको जानकारी दिए । उनले चाडपर्वको उपलक्ष्यमा मोबाईल खरिदमा यसबाहेक पनि थुप्रै उपहार योजनाहरु रहेको बताए ।
त्यस्तै एटु जेडमा मोबाईल खरिद गर्दा ९० प्रतिशसम्म फाईनान्स सुविधा पनि दिइएको डागाले बताए । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।