सेभिल्लामाथि इवारको रोमाञ्चक जित

सेभिल्लामाथि इवारको रोमाञ्चक जित

१० असोज, एजेन्सी ।
स्पेनिस ला लिगामा सेभिल्लामाथि रोमाञ्चक जित दर्ता गर्दै इवारले पूनरागमन गरेको छ ।

घरेलु टोली इवारले सेभिल्लामाथि ३–२ को शानदार जित निकालेको हो । इवारका फावियन ओरेलाना, पेड्रो लियोन र जोसे एन्जलले गोल गरे । सेभिल्लाका लुकास ओकाम्पस र ओलिभर टोेरेसले गोल गरे ।

खेलको ११औं मिनेटमा लुकासले गोल गर्दै पाहुना टोलीलाई खेलमा अघि बढाए । ३३औं मिनेटमा ओलिभरले गोल गरेपछि घरेलु टोलीविरुद्ध सेभिल्लाले पहिलो हाफमा २–० को अग्रता लिन सफल भएको थियो ।

तर, सेभिल्लाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ६६औं मिनेटमा फावियनले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । ७७औं मिनेटमा पेड्रोले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा जोसेले गोल गर्दै घरेलु टोलीलाई ३–२ को रोमाञ्चक जित दिलाए ।  ला लिगाको नयाँ सिजनमा इवारको यो पहिलो जित हो ।

इवारले २ बराबरी र ३ हार बेहोरेको छ । जितसँगै इवार ६ खेलबाट ५ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ । सेभिल्ला १० अंकसहित सातौ स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.