भ्रमण वर्षमा प्रदेश २ को प्रवद्र्धन गर्न प्रदेश सरकारको पहल

भ्रमण वर्षमा प्रदेश २ को प्रवद्र्धन गर्न प्रदेश सरकारको पहल

१० असोज, सिरहा ।

नेपालमा  भ्रमण वर्ष २०२०  का अवसरमा प्रदेश २ मा पनि उल्लेखीय पर्यटक भित्रयाउन प्रदेश सरकारकाले पहल सुरु गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० का प्रदेश न .२ का समन्वय समितिका संयोजक मनिष झाको अध्यक्षता सिरहाको लहानमा  धार्मिक, सांस्कृतिक धरोहरहरुको प्रवद्र्धन गरौभन्ने उद्धेश्यले एक छलफल कार्यक्रमको आयोजना गरिएको छ ।

 कार्यक्रममा  प्रदेश २ का पर्यटन बन तथा बाताबरण मन्त्री राम नरेश रायले आफ्नो देश र प्रदेशमा भएको सांस्कृतिक, धरोहर र  सम्पदाहरुलाई प्रदेश स्तरमा मात्रै चिनाउन सके प्रदेश मात्रै होइन पुरै देशमै पर्यटकको घुइँचो लाग्ने बताए ।

उनले प्रदेश भित्रको धार्मिक, सांस्कृतिक धरोहरहरुको यकिन गरौं’ आफ्नै ठाउँबाट केही  उपलब्धि गरौं, केन्द्रीय सरकारको आशमा नबस्न पनि आग्रह गरे ।

सिरहाको शलहेश फुलवारी ,सप्तरीको  छिन्नमस्ता भगवती , राजदेवी मन्दिर , बाबा तला जस्ता  धर्मिक र पर्यटकीय  ठाउँहरुलाई संरक्षण र  सम्बद्र्धन गर्न सक्नुपर्नेमा उनले जोड दिए ।  छलफलमा सिरहा ,सप्तरी र धनुषा लगायतका जिल्लाका बुद्धिजिबीहरुको सभागिता रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.