नियम मिचेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना

नियम मिचेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना

एजेन्सी , असोज ११ ।
दि रोयल स्पेनिस फुटबल एसोसिएसनले नियम मिचेको भन्दै क्याटलान क्लब बार्सिलोनालाई कारबाही गरेको छ ।स्पेनिस फुटबल फेडेरेसनले बार्सिलोनाले खेलाडी अनुबन्धमा नियमविपरीत एन्टोइन ग्रिजम्यानलाई क्लबमा अनुबन्धन गरेको भन्दै बार्सिलोनालाई ३०० युरो जरिवाना तोकेको हो ।

फेडेरेसनले आर्टिकल १२६ मा रहेको अनुशासन नियमका आधारमा कारवाही गरेको थियो । बार्सिलोनाले गत जुलाईमा एट्लेटिको मड्रिडबाट ग्रिजमनलाई १२० मिलियन युरोमा अनुबन्ध गरेको थियो । एट्लेटिकोले रिलिज क्लजभन्दा कम रकममा लगेको भन्दै स्पेनिस फुटबल फेडेरेसनमा उजुरी दिएको थियो ।

मड्रिडले ग्रिजमनको २०० मिलियन युरो रकमको क्लज रिलिज तय गरेको बताएको थियो । उजुरीउपर सुनुवाइ गर्दै फेडेरेसनले बार्सिलोनालाई कारबाही गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.