११ असोज, मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ९ स्थित भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट बालिका गम्भिर घाईते भएकी छन् ।
शुक्रबार साझँ उत्तरबाट दक्षिणतर्फ जादै गरेको को ३२ प ८६५१ नम्बरको स्कुटरको सोही स्थान बस्ने कल्पना लिम्बुकी ७ वर्षकी छोरी इक्शा लिम्बुलाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो ।
घाईते लिम्बुलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याईएको छ भने स्कुटर र स्कुटर चालक पथरी शनिश्चरे नगरपालिका ८ का यामकुमार लिम्बुलाई प्रहरी चौकी कुशेचौरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।