पेस्तोल र लागूऔषधसहित दुईजना पक्राउ

पेस्तोल र लागूऔषधसहित दुईजना पक्राउ

१२ असोज, सुनसरी ।

सुनसरीको बर्जु गाउँपालिका–३ अमडुवाबाट पेस्तोल र लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह (RIT) तथा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले आईतबार बिहान ७ बजे मोरङको सुन्दरहरैचा नगरपालिका–५ मगर टोल बस्ने बर्ष २७ को करण कुमार चौधरी र बर्ष २१ को प्रकाश चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट MADE IN USA 7.63 लेखिएको पेस्तोल थान –१, सोही पेस्तोलको म्याग्जिन थान –२ गोली राउण्ड थान–३ थान, लागु औषध फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल, एभिल ३५ एम्पुल, डाईजेल्याव ३५ एम्पुल र LIFE LINE लेखिएको 5 mL को सिरिन्ज थान–१ समेत बरामद गरेको छ ।
हतियार र लागुऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.