भ्रमण वर्षका लागि सबै प्रदेशमा टुरिज्म पार्क बन्ने

भ्रमण वर्षका लागि सबै प्रदेशमा टुरिज्म पार्क बन्ने

१३ असोज, काठमाडौँ ।
सरकारले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरेको छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज बैद्यले सबै प्रदेशमा ‘टुरिज्म पार्क’ निर्माण गर्ने तयारी गरिएको बताएका हुन ।

आइतबार काठमाडांैमा संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यसका लागि सबै प्रदेशलाई पार्क बनाउने जग्गाको व्यवस्था गरिदिन आग्रह गरिएको पनि बताए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले पूर्वाधार विकासमा जोड दिईरहेको पनि राष्ट्रिय कार्यक्रम संयोजक बैद्यको भनाई छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका बैद्यले पूर्वाधारको विकास गरेर नै नेपालमा बाह्य पर्यटकहरुको आगमनलाई बढाउन सकिने पनि बताए । उनले त्यसका लागि टुरिज्म पार्क निर्माण गर्न बाह्य लगानीको खोजी भईरहेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.