सरकारले सुरु गर्याे खसी, बोकाको बिक्री

सरकारले सुरु गर्याे खसी, बोकाको बिक्री

१३ असोज, काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्वकालागिखसी, बोका र च्याङग्राको पनिविक्रीवितरण सुरु गरेको छ ।

सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वकालागि सुपथमूल्यमा खसी, बोका र च्याङग्राको विक्री वितरण सुरु गरेको हो ।

खसी,बोकाको प्रतिकेजी ५सय ५० र च्याङग्राको प्रतिकेजी ७ सय ३० रुपैयाँ मूल्यमा विक्री वितरण सुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

हाल बजारमा जिउँदो खसीबोकाको मासु प्रतिकेजी ६ सय २० रुपैयाँसम्म विक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५ सय ५० मूल्य कायम गरिएको विभागले जनाएको छ ।

विभागले सरकारले सुपथ मूल्यमा विक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ । खाद्यव्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याइएको ३ सय ८० वटा खसी, बोका दशैंको लागिविक्रीमा राखेको छ ।

२ हजार वटा च्याङग्रा र १ हजार खसी, बोका यस वर्षको दशैं, तिहार र छठ पर्वमा विक्री वितरण गर्ने सरकारको तयारी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.