१४ असोज, काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलका लागि नेपाली टेलीको घोषणा भएको छ । यसपटक चाइनिज ताइपेईविरुद्धको खेलमा २ खेलाडी परिवर्तन गरिएको छ ।
अखिल नेपाल फुटबल संघले मंगलबार सार्वजनिक गरेको खेलाडीको सूचीमा यसअघि घाइते भएका नवयुग श्रेष्ठ र अजित भण्डारी टिममा फर्किएका छन । नेपाली टिम यस्तै रहेको छ ।
यसपटक पनि टिममा पूर्व कप्तान विराज महर्जनलाई स्थान दिइएन । नवयुग श्रेष्ठ ताइपेइविरुद्धको खेलमा स्वास्थ्यका कारण आराम गरेका थिए । अष्ट्रेलिया जानका लागि स्ट्राइकर विमल घर्तिमगर नेपाल फर्किसकेका छन् भने रोहितले इन्डोनेसियाबाट नै सिड्नी प्रस्थान गर्ने बताइएको छ ।
नेपाली टिम भोलि अष्ट्रेलिया प्रस्थान गर्नेछ । नेपालको कप्तानी किरण चेम्जोङले नै गर्नेछन् । नेपालले अक्टोबर १० ताखिरमा अष्ट्रेलियाविरुद्ध क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि नेपाली टिमले जोर्डनसँग उसकै मैदानमा प्रतिस्पर्धा गर्नेछ ।