१४ असोज, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रतिनिधिसभाका सभामुख महरालाई नैतिक आचरणमा प्रश्न उठेकाले पदबाट राजीनामा दिन सुझाव दिएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामादिएर छानबिन प्रक्रियालाई सघाउनु उचितहुने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सभामुखको नैतिक आचरणका सम्बन्धमा आएका समाचार प्रति गम्भीर ध्यानाकर्षण गर्दै नेकपाले सो निर्णय गरेको हो ।