बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१४ असोज, झापा ।
झापाको कन्काई नगरपालिका–८ बिरिङपुलमा सोमबार राती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

राती साँढे ९ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १० प २३७० नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ६६७ नम्बरको बसले ठक्कर दिंदा मोटरसाईकल चालक कन्काई नगरपालिका–५ का ४२ बर्षीय शुक्रराज लिम्बु घाईते भएका थिए ।

उनलाई उपचारको लागि झापाको बि.एण्ड.सि. अस्पताल बिर्तामोड पठाईएकोमा अस्पताल र्पुयाउना साथ उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बस, बस चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.