महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले थाल्यो अनुसन्धान

महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपबारे प्रहरीले थाल्यो अनुसन्धान

१४ असोज, काठमाडौं ।
सभामुख कृष्णबहादुर महरामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। प्रहरीले यौन दुव्र्यवहार भएको भनिएकि महिलाको कोठामा रहेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

सोमबार एक महिलाले महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकि थिइन्। आरोप पछि त्यसको खण्डन गरेका महराले आज मध्यान्ह छानविनलाई सहयोग गर्ने भन्दै राजीना दिइसकेका छन्।

ति महिलाले सोमबार सञ्चारमाध्यमबाट महराले रक्सीले मात्तिएर आफ्नो डेरामा आएर दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.