प्रहरी दिवसमा विराटनगरमा ब्याडमिन्टन र टेबुलटेनिस प्रतियोगिता

प्रहरी दिवसमा विराटनगरमा ब्याडमिन्टन र टेबुलटेनिस प्रतियोगिता

१४ असोज, विराटनगर ।
६४ औं प्रहरी दिवस २०७६ को उपलक्ष्यमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आयोजित ब्याडमिन्टन डबल्स र टेवुलटेनिस डबल्स प्रदेश खेलकुद विकास समितिको विराटनगरको कर्भडहलमा सम्पन्न भएको छ ।

मंगलबार भएको प्रतियोगितामा ब्याडमिन्टन डवल्सतर्फ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरिक्षक राजकुमार खिउजु र प्रहरी हबल्दार शशिकुमार चौधरीको जोडीले प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी नायव निरिक्षक बुद्धिराज दराई र प्रहरी हबल्दार मिनकुमार भुजेलको जोडीलाई पराजित गरी प्रथम स्थान हाँसिल गर्न सफल भए ।

त्यस्तै टेवुलटेनिस डबल्सतर्फ पनि जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरीनायब उपरिक्षक राजकुमार खिउजु र प्रहरी नायव निरिक्षक चन्द्र न्यौपानेको जोडीले प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी नायव निरिक्षक मानदेव भगत र प्रहरी हबल्दार रामकुमार मण्डलको जोडीलाई पराजित गरी प्रथम स्थान हाँसिल गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.