१४ असोज, विराटनगर ।
विराटनगर–१५ भट्टीमोडबाट लागुऔषधसहित प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर १६ वस्ने वर्षीय मणीकुमार सिंह, सुनसरी बराहक्षेत्र नगरपालिका ५ बस्ने ३० वर्षीय राम कुमार चौधरी र विराटनगर १६ बस्ने ४२ वर्षीय सुरज कुमार तामाङ रहेका छन् ।
सोमबार दिउँसो खटिएको जिल्ला प्रहरी कार्यालयको टोलीले भारतको जोगवनीबाट अवैध रूपमा लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध डाईलेक्स डिसी ३२ बोतल, स्पास्मोप्रोक्सिभन १३७ क्याप्सुलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका उनीहरुलाई लागु औषध ऐन, २०३३ अन्तर्गत म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।