१५ असोज, एजेन्सी ।
समूह चरणको पहिलो खेलमा पिएसजीसँग पराजित भएको स्पेनिस क्लब रियल मड्रिड दोस्रो खेलमा पनि विजयी हुन सकेन । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा रियल मड्रिड क्लब ब्रुगसँग २–२ को बराबरीमा रोकिएको हो ।
स्पेनिस महारथी रियाल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलमा बेल्जियन क्लब ब्रगसँग घरेलु मैदानमा हारबाट मुस्किलले जोगिएको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा मंगलबार राति भएको खेलमा रियालले दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै २–२ गोलको बराबरी खेलेको हो ।
रियालल पहिलो हाफमा २–० ले पछि परेपनि दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । क्लब ब्रगका इमान्युल डेनिसले दुवै गोल गरेका थिए । रियालका कप्तान सर्जियो रामोस र क्यासमिरोले बराबरी गोल फर्काए ।
खेलको नवौं मिनेटमा डेनिसले पर्सी टाउको पासमा गोल गर्दा रियाल खेलमा पछि परेको थियो । ३९औं मिनेटमा डेनिसले नै व्यक्तिगत दोस्रो गोल गरेपछि रियाल पहिलो हाफमा नै २–० ले पछि परेको थियो ।
तर, दोस्रो हाफमा रियालले उच्च प्रदर्शनसहित गोल गर्न सफल भयो । पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवाको पेटमा समस्या आएपछि रियालले दोस्रो हाफमा अलफेन्सो एरोला मैदान प्रवेश गरेका थिए । पेटमा समस्याकै कारण कोर्टुवाले पहिलो हाफमा सोचेजस्तो प्रदर्शन गर्न सकेको थिएन ।
५५औं मिनेटमा करिम बेन्जेमाको पासमा कप्तान सर्जियो रामोसले गोल गर्दै रियाललाई खेलमा फर्काउने संकेत दिए । ८४औं मिनेटमा ब्रगका रुड भोर्मर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि रियालको आशा पलाएको थियो ।
लगत्तै टोनी क्रुसको पासमा क्यासमिरोले हेडमार्फत सुन्दर गोल गर्दै रियाललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल २–२ गोलको बराबरीमा सकियो । बराबरीपछि दुई खेलबाट एक अंक जोडेको रियल मड्रिड समूह ए को पुछारमा छ ।