पीएसजीले १–० ले बाजि मार्यो

पीएसजीले १–० ले बाजि मार्यो

१५ असोज, एजेन्सी ।
युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले टर्किस क्लब गालाटासारेमाथि १–० को झिनो अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ ।

समूह ए अन्तर्गत आफ्नो पहिलो खेलमा रियल मड्रिडलाई पराजित गरेको पिएसजीले मंगलबार राति भएको खेलमा गालातासारेलाई १–० ले हराएको हो ।

अवे मैदानमा भएको खेलमा पिएसजीले अति संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफमा गोल गर्न नसकेको पिएसजीका लागि ५२ औँ मिनेटमा आइकार्डीले गरेको गोल नै जितका लागि पर्याप्त भयो ।

यो खेलमा नेइमार पिएसजीको टिममा थिएनन् । गएको सिजन आफू सहभागी नभएको खेलमा सामाजिक सञ्जालमार्फत खेल पदाधिकारीका बारेमा गरेको टिप्पणीका कारण नेइमारमाथि सुरुमा तीन खेलको प्रतिबन्ध लागेको थियो ।

सो प्रतिबन्ध घटाएर दुई खेल बनाइएकोमा मंगलबार रातिको खेल दोस्रो थियो । जितसँगै पीएसजीले समूह ‘ए’ मा अपराजित रहँदै दुई खेलबाट ६ अंक जोडेको छ । गालाटासारे १ अंक जोडेर तेस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.