सन् २०२१ को लागि डिभी खुल्यो,यसरी भर्नुहोस्

सन् २०२१ को लागि डिभी खुल्यो,यसरी भर्नुहोस्

१५ असोज, काठमाडौँ ।
सन् २०२१ को लागि डाइभर्सिटी भिसा (डीभी)को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले आनलाइनमार्फत खोलेको आवेदन २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म भर्न सकिने छ ।

अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट)को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ।  अघिल्ला वर्षका शर्त यथावत राख्दै यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ। साथै जारी गरिएको देश र पासपोर्टको म्याद अवधि पनि उल्लेख गर्नु पर्नेछ।

तर डिपेन्टेन्टमा जानेका लागि भने यो आवश्यक छैन। यसैगरी कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ। डिभी भरेवापत कुनै शुल्क भने लाग्ने छैन।

अमेरिकामा कम आप्रवासी भएका मुलुकका नागरिकलाई अमेरिकाले चिठ्ठामार्फत भिसा उपलब्ध गराउँछ।

डिभी कसरी भर्ने ?

फर्म भर्ने अवधिमा www.dvlottery.state.gov  मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । आवेदनमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। पहिलो पटक डिभी भर्दा पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ।

फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिण्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।

डि.भी. का लागि छनोटमा परे/नपरेको थाहा पाउनको लागि कुनै फोन र इमेल नआउने र त्यस्ता हल्लाका पछाडि नलाग्न अमेरिकी सरकारले सचेत गराउँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.