महराको राजीनामाबारे संसद् सचिवालयाद्वारा औपचारिक जानकारी

महराको राजीनामाबारे संसद् सचिवालयाद्वारा औपचारिक जानकारी

१५ असोज, काठमाडौँ । बलात्कारको आरोपपछि प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक रुपमा जानकारी गराएको छ ।

सचिवालयका सचिव भरतराज गौतमले सूचना जारी गर्दै बुधबार सभामुख महराले दिएको राजीनामाबारे जानकारी गराएका हुन् । सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेश अनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २ सय ११ को उपनियम २ बमोजिम सूचना प्रकाशन गरेको प्रस्ट पारेका छन् ।

संसद्‌ बैठक चालु रहेको अवस्थामा अध्यक्षता गर्ने व्यक्तिले सभामुखको राजीनामा पत्र पढेर सुनाउने र बैठक नभएको अवस्थामा सूचना पत्रमा प्रकाशन गरिने उल्लेख छ ।

संसद् सचिवालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि सभामुख महराले मंगलबार दिउँसो राजीनामा दिएका थिए । उनको राजीनामा पत्रमा प्रयोग गरिएको भाषा ’छानबिन प्रक्रिया नसिकँदासम्मका लागि राजीनामा दिएको’ लाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

महराले उपसभामुखलाई दिएको राजीनामाको व्यहोराले छानबिन सकिएपछि उनी फेरि त्यही पदमा फर्कन चाहन्छन् भन्ने आशय देखाउँछ । तर संविधानतः राजीनामा दिएपछि उनले प्रयोग गरेको भाषामा जे जे भए पनि केही अर्थ हुँदैन  र यस्तो सर्तलाई संविधान र कानुनले चिन्दैन ।

राजीनामा दिएपछि सभामुख पद स्वतः खारेज भएको मानिन्छ । संविधानको धारा ९१ को उपधारा ६ को (ख) मा सभामुखले लिखित राजीनामा दिए पदमुक्त हुने व्यवस्था रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.