चिनियाँ राष्ट्रपति सीको डेमोन्स्ट्रेसन फ्लाइट काठमाडौं आयो, केहीबेर विमानस्थल बन्द

चिनियाँ राष्ट्रपति सीको डेमोन्स्ट्रेसन फ्लाइट काठमाडौं आयो, केहीबेर विमानस्थल बन्द

१५ असोज, काठमाडौं । राष्ट्रपति सी जिङपिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ । बुधबार अपरान्ह पौने २ बजे चिनियाँ जहाज परीक्षण उडानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

एयर चाइनाको बोइङ जहाज विमानस्थलमै छ । भिभिआइपी डेमोन्स्ट्रेसन फ्लाइट भएकाले विमानस्थलले अरू व्यवसायीक उडान रोकेको थियो ।

केहीबेर रोकिएका अन्य आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडान फेरि सुचारू भएका छन् ।

उक्त जहाजमा आएका चिनियाँ अधिकारीहरूले विमानस्थल प्रशासन र सुरक्षाका अधिकारीसँग छलफल गरेका छन् ।

सी असोजको २६ र २७ गते नेपाल आउने चर्चा भए पनि दुबै देशले औपचारिक रूपमा मिति भने तोकेका छैनन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.