१४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको अब आफ्नै भवन बन्ने

१४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको अब आफ्नै भवन बन्ने

१५ असोज, काठमाडौं । सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ ।

१४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो ।

हुलाक सेवाको मुख्य प्रशासकीय भवन आगामी वर्ष सम्पन्न हुने गरी यस वर्षबाट बनाउने तयारी गरिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै उनले कामको चाप हेरेर सरकारले कार्यालयहरुको व्यवस्था गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.