१५ असोज, काठमाडौँ ।
त्रिकोणात्मक सिरिज नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षाले खेल हुन असभव भएपछि खेल रद्ध भएको हो ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित हुन पुग्यो । सिंगापुरले टेष्ट टोली जिम्बावेलाई ४ रनले पराजित गर्दै इतिहास रचेको थियो । आजको खेल रद्ध भएसँगै नेपालको सिंगापुरमा त्रिकोणात्मक सिरिज सकिएको छ ।
अक्टोबर १८ देखि नोभेम्बर २ सम्म यूएईमा हुने ग्लोबल टि ट्वान्टी विश्वकप छनोट अघि तयारी स्वरुप सिंगापुरले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो । नेपाल सिंगापुरबाटै ओमान जाने छ । ओमानमा असोज १८ देखी २३ सम्म पाँच राष्ट्र सम्मिलित टि–२० सिरिज खेल्ने छ ।