एसिड पीडित मुस्कानलाई अमिताभ बच्चनको सन्देश (भिडियो सहित)

एसिड पीडित मुस्कानलाई अमिताभ बच्चनको सन्देश (भिडियो सहित)

१५ असोज, काठमाडौँ ।
एक पछि अर्को बलिउडका सेलिब्रीटिहरुले एसिड पीडित मुस्कान खातुनलाई भिडियो संदेश पठाउने गरेका छन् । बलिउडका महानायक अमिताभ बच्चनले वीरगञ्जकी एसिड पीडित किशोरी मुस्कान खातुनलाई भिडियो सन्देश पठाएका छन्। सन्देशमा उनले मुस्कानलाई छिटो निको हुन शुभकामना दिएका छन् । बलिउड महानायक अमिताभले मुस्कानमाथि भएको घटना निन्दनीय र दुःखदरहेको बताएका छन् ।

मुस्कानमाथि भएको घटना कुनै बालिकामाथि हुनन् हुनेमा जोड दिँदै अमिताभले भनेका छन् , ‘यो एकदमै गलत भएको छ, म विश्वास गर्छु कि तपाईको देशको कानुन उनीहरु सबैलाई पक्राउ गरेर कानुन अनुसार कारवाही गर्नेछ।’

अमिताभले मुस्कानको सेवा गरिरहेका उज्जवल विक्रम थापालाई पनि धन्यवाद ज्ञापन गरेका छन् । यसअघि बलिउड अभिनेता बरुण धवन र अभिनेत्री कृति सेननले मुस्कानका लागि भिडियो सन्देश पठाएका थिए । त्यसैगरी चर्चित गायक राजु लामाले कीर्तिपुर स्थित उनी उपचाररत अस्पतालमै गएर भेटेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.