च्याम्पियन्स लिगको समूह चरणको खेलमा चेल्सीको पहिलो जित

च्याम्पियन्स लिगको समूह चरणको खेलमा चेल्सीको पहिलो जित

१६ असोज, एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको दोस्रो खेलमा चेल्सीले पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा उसले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबमाथि २-१ को कठिन जित निकालेको छ ।

लिलीको मैदानमा भएको खेलमा चेल्सीको जितमा टामी अब्राहम र विलियनले एक एक गोल गरे । लिलीका लागि भिक्टर ओसिम्हेनले एक गोल गरेका थिए ।

खेलको २२ औं मिनेटमा युवा खेलाडीअब्राहमको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा घरेलु टिमका लागि भिक्टरले गोल गर्दै खेल एक एक गोलको बराबरीमा पुर्‍याए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह एचमा रहेको चेल्सीको २ खेलबाट ३ अंक भएको छ । चेल्सीको यो पहिलो जित हो । यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष स्थानमा रहँदा ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.