ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गरिने

ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गरिने

१६ असोज, काठमाडौं । सत्तारुढ दल नेकपाकी नेतृ पम्फा भुसालले ललितपुरमा ‘पर्यटकीय सूचना केन्द्र’ स्थापना गर्ने घोषणा गरेकी छन् ।

ललितपुर क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेकी भुसालले ललितपुरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजनाका साथ त्यहाँका पर्यटकीय स्थलहरु मंगलबजार लगायतका ठाउँमा पर्यटकीय सूचना केन्द्र स्थापना गर्न लागिएको बताएकी हुन् ।

बिहीबार ललितपुरमा एक कार्यक्रमका बीच उनले आफ्नो ‘सांसद विकास कोष पूर्वाधार योजना’ सार्वजनिक गर्दै ललितपुरलाई समृद्ध बनाउने मुख्य उद्देश्यसहित आफूले योजना छनौट गरिएको स्पष्ट पारे ।

नेतृ भुसालले स्थानीय उपभोक्ता समिति बनाएर सो कोषको खर्च हुने भएकाले त्यसमा सांसदहरुको कूनै भूमिका नहुने पनि पटकपटक दोहो¥याए ।

नेतृ भुसालले आफूले सो कोष अन्तरगत छनौट हुने सबै योजना ललितपुरका स्थानीय उपभोक्ता समितिसँग परामर्श गरेर तय गर्ने पनि बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.