१६ असोज, विराटनगर ।
विराटनगरमा पियाजियोको भेस्पा र अप्रिलियाको नयाँ शोरुम खुलेको छ ।
विराटनगरको मुनालपथस्थित धरान रोडमा रहेको नयाँ शोरुमको भेस्पा र अप्रिलिया टु ह्विलर्सको आधिकारिक विक्रेता एम भी दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स प्रा.लिले विहीबार एक कार्यक्रम गरी उद्घाटन गरेको हो ।
सुपेरियर मोटर्स र सुपेरियर ग्रुपले सञ्चालनमा ल्याएको सो शोरुमको पन्चकन्या र भेस्पा÷ अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले उद्घाटन गरेका थिए । कार्यक्रममा महतोले दुवै व्राण्डका स्कुटरहरु भिन्न र फरक भएको बताउँदै यसको आक्रामक ढंगले बजार विस्तार भएको बताए ।
उनले आगामी ६ महिनामै थप नयाँ १० शहरमा आफ्नो शाखा तथा डिलरहरुको सञ्जाल विस्तार गर्ने योजना रहेको बताए । उनले सेल्स, सर्भिस र स्पेयर उपलब्ध गराउने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा उक्त शोरुमबाट विक्री गरिएका ४१ वटा स्कुटरको चाबी ग्राहकहरुलाई हस्तान्तरण गरिएको थियो । सो कम्पनीले हाल नेपालभर २५ वटा शाखा तथा डिलरहरुमार्फत सेवा सञ्चालन गर्दै आईरहेको छ ।
भेस्पा र अप्रिलिया उच्चस्तरीय इटालियन टेक्नोलोजीमा निर्मित आकर्षक ग्राफिकमा इटालियनको उच्च प्रविधि र बनावटको दक्षता प्रस्तुत गर्ने कम्पनीको दावी छ ।
अप्रिलियाको न्युनतम मुल्य स्ट्रोम १२५ को मुल्य २ लाख २४ हजार ९ सय देखि एसआर १५० को २ लाख ९३ हजार ९ सय सम्म छ भने भेस्पाको नोटे १२५ को २ लाख ५९ हजार ९ सय ४६ देखि इलिगन्ेट १५० को ३ लाख ९५ हजार ९ सय ४६ छ ।
चाडपर्वको अवसरमा सो कम्पनीका स्कुटरहरुको खरिदमा स्क्रयाचमा ५ हजारदेखि रुपैयाँ देखि १ लाखसम्म छुटका तथा १५ हजारसम्मको एसोसरिजहरु पाइनुका साथै लक्की ड्र मार्फत हरेक हप्ता अन्नपूर्ण बेस क्याम्पसम्मको हलिकप्टर ट्रिपमा जान पाईने जनाईएको छ ।