धनकुटामा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

धनकुटामा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

१६ असोज, धनकुटा ।
धनकुटाको चौबिसे गाउँपालिका–३ गढीगाउँका १७ बर्षीय लक्ष्मण तामाङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।

तामाङ मंगलबार राती ८ बजे गढिगाउँ स्थित भित्री सडक खण्डमा तमर नदीबाट बालुवा बोकी मुढेतर्फ आउँदै गरेको को २ त २८३६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाईते भएका थिए ।

घाइते भएका तामाङको धरान स्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राती पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक प्रहरी चौकी मुढेवासको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.