मोरङको कटहरीमा महिलाको शव फेला

मोरङको कटहरीमा महिलाको शव फेला

१६ असोज, विराटनगर ।
मोरङको कटहरीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । अन्दाजी ५२ वर्षकी ती महिलालाई बिहीबार विहान अन्दाजी ६ बजेको समयमा कटहरी गाउँपालिका–२ स्थित बाटो छेउमा पैनीमा डुबी मृत्यु भएको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

तराईबासी जस्तो देखिने ती महिलाको नाम थर भने नखुलेको र गाउँघरमा मागी खाई हिँड्ने हुनसक्ने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाईएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.