सहमतिमै प्रदेश १ को नामाकरण : सभामुख भण्डारी

सहमतिमै प्रदेश १ को नामाकरण : सभामुख भण्डारी

१६ असोज,विराटनगर ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नाम सहमतिमा टुंग्याउने प्रयास भईरहेको बताएका छन् । प्रदेश सभाले विहीबार प्रदेश सभा सचिवालयमा आयोजित बडादशैको शुभकानमा आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले नामकरणको बिषयमा चाडै सहमति जुटने विश्वास समेत राखे ।

राजधानीको नाममा सहमति जुटाउने अधिकत्तम प्रयास जारी छ ’ सभामुख भण्डारीले भने,‘स्थायी राजधानी बिराटनगरलाई बनाउने बारेमा जुटेको सहमतिलाई नामकरणका बिषयमापनि निरन्तरता दिने प्रयास भईरहेको छ ।,त्यसका लागि आवश्यक छलफल र गृहकार्य भइरेहको छ । ’ सभामुख भण्डारीले नामको बिषयमा सहमति जुटाउन प्रयास भईरहेपनि नाममा सहमति खोज्ने बारेमा जटिलता भने थपिएको बताए । सभामुख भण्डारीले प्रदेशसभा सचिवालयमा आवश्यक भौतिक संरचना नहुँदा दैनिक कार्य सञ्चालनमा समेत कठिन भई रहेको बताए ।

उनले नँया भौतिक संरचान निर्माणका लागि प्रदेश सरकासंग जग्गा माग गरिएको बताए ।‘प्रदेश सभा संचिवालयका लागि जग्गा प्राप्तिको माग सचिवालयले प्रदेश सरकारसंग गरेको छ’,सभामुख भण्डारीले भने,‘जग्गा प्राप्तीसगै प्रदेशसभाले नयाँ संरचना निर्माणको काम अघि बढाउनेछ।, त्यसका लागि आवश्य पहल भईरहेको छ ।’

४३ विधेयक पारित
१ नं प्रदेशसभाले चोथौ अधिवेशनसम्म आई पुग्दा महत्वपूर्ण र आवश्य ४३ वटा विधेयक पारित गरेको जनाएको छ । प्रदेश सभाको उपसचिव अर्जुन निरौलाले सरकार सञ्चालनका लागि आवश्यक र महत्वपूर्ण ४३ विधेयक पारित भएको बताए । सो अवधिमा ३ वटा विधेयक संसोधन,एक नियमावली पारित र अर्को एक नियमावली संसोधन गरिएको छ । प्रदेश नं १ प्रदेशसभा नियमावली २०७४,पारित गरिएको छ भने गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ र जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ लाई संसोधन गरेको छ ।

प्रदेश सभाको पहिलो अधिवेशनबाट ११ दोश्रो अधिवेशनबाट १२ तेश्रो अधिवेशनबाट ५ र चोथौ तथा बजेट अधिबेशनमा पेश भएका ८ र तेश्रो अधिवेशनमा पेश भएको चार सहित गरी कुल १४ गरी ४३ विधेयक पारित भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.