महरा प्रकरणः फरेन्सिक जाँच गर्ने तयारी

महरा प्रकरणः फरेन्सिक जाँच गर्ने तयारी

१७ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुव्र्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ ।

यौन दुव्र्यवहार भएको भनिएको ‘क्राइम सिन’ र पीडित रोशनी शाहीका अभिव्यक्तिमा तालमेत नदेखिएपछि प्रहरीले कानुनी परामर्श र अपराध अनुसन्धान विज्ञहरुको सुझावका आधारमा फरेन्सिक जाँच गर्न लागेको हो ।

अनुसन्धान अधिकृतहरु बिहीबार दिनभर फरेन्सिक जाँचकै लागि प्रमाण संकलनमा जुटेको स्रोतले जनायो ।

‘पीडित भनिएकी महिलाले क्राइम सिनभन्द विपरीत बारम्बार फरक –फरक धारणा सार्वजनिक गर्नु शंकास्पद छ,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले फरेन्सिक जाँचसहित अनुसन्धानमा प्राविधिक पक्ष प्रयोग गर्ने तयारीमा छौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.