हेटौँडामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु

हेटौँडामा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु

१७ असोज, मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा आज शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन् ।

नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो ।

मोटरसाइकलमा श्रीमान श्रीमती सवार थिए । ट्याङ्करको ठक्करबाट हेटौंडा–१, चाइना क्वार्टरकी ३५ वर्षीया सीता न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट उनका श्रीमान ४५ वर्षीय शशि न्यौपाने घाइते भएको छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.