सन्दीपले एक करोड ४० लाख लिएर क्रिकेट खेल्न सक्ने

सन्दीपले एक करोड ४० लाख लिएर क्रिकेट खेल्न सक्ने

१७ असोज, विराटनगर । नेपाली क्रिकेटर सन्दीप लामिछाने इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड बल क्रिकेट प्रतियोगिताका लागि विदेशी खेलाडीतर्फको सूचीमा समेटिएका छन् ।

सो प्रतियोगिताका लागि अक्सनको सूचीमा पर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् । उनको आधार मूल्य एक लाख पाउण्ड तोकिएको छ । शुक्रबारको विदेशी मुद्रा विनिमय दरअनुसार यो रकम एक करोड ३९ लाख ८० हजार रूपैयाँ हुन्छ ।

प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टीमले सन्दीपलाई भित्र्याएमा उनी अहिलेसम्मकै कीर्तिमानी मूल्यमा विदेशी लिग खेल्ने नेपाली खेलाडी बन्ने भएका छन ।

प्रतियोगिताका लागि २५ जना विदेशी खेलाडी प्रारम्भिक सूचीमा परेका छन् । सन्दीप बराबरको आधार मूल्य कायम भएका क्रिकेटरहरू १७ जना छन् ।

जसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, आरोन फिन्च, क्रिस लायन र शेन वाट्सन छन् । त्यस्तै वेष्ट इन्डिजका आन्द्रे रसेल, सुनिल नरायण, ड्वायन ब्राभो र किरण पोलार्ड लगायत छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.