१५ किलो चाँदीसहित एकजना पक्राउ

१५ किलो चाँदीसहित एकजना पक्राउ

१७ असोज, काठमाडौं । प्रहरीले काठमाडौंबाट १५ किलो चाँदीसहित एकजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जले बिहीबार राति १५ किलो चाँदीसहित धादिङका ३२ वर्षीय राज सापकोटालाई पक्राउ गरेको हो ।

ललितपुरको इमाडोलमा तिलहरी ज्वेलर्स सन्चालन गर्दै आएका सापकोटाको साथबाट १० लाख ५० हजार रुपैयाँ बराबरको चाँदी बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाकाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.