झापामा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

झापामा मोटरसाईकल दुर्घटना, एक जनाको मृत्यु

१८ असोज, झापा ।

झापाको कमल गाउँपालिका रतनचौन स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ ।

घटनामा एक जना घाईते भएका छन् । शुक्रबार राति साढे ८ बजे उत्तरबाट दक्षिणतर्पm जादै गरेको बा २ प ७२१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि घाईते भएका मोटरसाईकलमा सवार दुवैजालाई उद्दार गरी उपचारको लागी लाईफलाईन अस्पताल दमक लैजाने क्रममा मोटरसाईकलको पछाडी सवार गौरादह नगरपालिका का ५५ वर्षी बिष्णुबहादुर कटवालको बाटोमा नै मृत्यु भएको थियो ।

मोटरसाईकल चालक काठमाडौको तानेश्वर नगरपालिका ६ का बिशाल थापाको भने सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.