१८ असोज,खोटाङ ।
दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाले कैदीबन्दीलाई दशैँका लागि राँगा र खसी प्रदान गरेको छ ।
दशैँ मनाउनका लागि नगरपालिकाले जिल्ला कारागार शाखा दिक्तेलमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई २८ हजार रुपैयाँ बराबरको राँगा र खसी खरिद गरिदिएको हो ।
नगरपालिकका मेयर दिपनारायण रिजालले उपलब्ध गराउनुभएको रकमबाट राँगा र खसी खरिद गरेर कैदीबन्दीलाई दिइएको जिल्ला कारागार शाखाका प्रमुख चित्राखर आचार्यले जानकारी दिए ।
कारागारमा अहिले दुई आश्रित बालबालिकासहित एक सय नौ जना कैदीबन्दी छन् ।