१८ असोज, काठमाडौं ।
काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको मिनी बस सिन्धुलीस्थित नेपालथोकमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
उक्त दुर्घटनामा ५ जना घाइते छन् । तीव्र गतिका कारण बा ३ ख २३५९ नम्बरको मिनी बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन ।
घाइतेलाई उपचारका लागि धुलिखेल पठाइएको छ । बसमा २८ जना सवार थिए ।