अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको निधन

अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको निधन

१९ असोज, काठमाण्डौ ।
वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ ।

कलेजोमा देखिएको खराबीका कारण आचार्यको ६१ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । केहि समयदेखि उनी अस्पताल भर्ना भएका थिए ।

नेपाल टेलिभजनका पूर्व नायब महाप्रबन्धक तथा समाचार निर्देशक रहेका आचार्य न्युज २४ टेलिभिजनका समाचार प्रमुख थिए ।

उनी पत्रकारितासँगै प्राध्यापनमा पनि संलग्न थिए । उनका श्रीमती, एक छोरी छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.