टिकाको दिन पनि हल्का पानी पर्ने

टिकाको दिन पनि हल्का पानी पर्ने

१९ असोज, काठमाण्डौ ।
काठमाण्डौ उपत्यकासहित देशको मध्य तथा पूर्वी भू–भागमा र पश्चिमी भू–भागमा आंशिक बदली रही मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वको मौसममा अहिले आंशिक बदली छ । मध्य र पूर्वका केही ठाउँमा हल्का पानीसमेत परिरहेको छ ।

दिउँसो पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । भारतको उत्तर प्रदेशमा बनेको न्यून चापीय प्रणाली बिहार हुँदै पूर्वी नेपालबाट भित्रिएकाले पानी पर्ने सम्भावना बढेको हो ।

महाशाखाले टीकाको दिनसम्म नै हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । तीन दिनसम्मको मौसमी बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबार, सोमबार र मंगलबार टिकाको दिन पनि हल्का पानी पर्ने जनाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.