अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु

अर्घाखाँचीमा बोलेरो जीप दुर्घटना, तीन जनाको मृत्यु

२० असोज, अर्घाखाँची । अर्घाखाँचीमा एक बोलेरो जीप दुर्घटना भएको छ । दुर्घटनामा परी तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेबाट अर्घाखाँचीको सन्धिखर्कका लागि छुटेको लु १ ज ४३३९ नम्बरको जीप नरपानी नजिकै दुर्घटना भएको हो ।

मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटना बारे थप विवरण आउन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.