आज चट्याङसहित पानी पर्ने सम्भावना

आज चट्याङसहित पानी पर्ने सम्भावना

२२ असोज, काठमाण्डौ ।
बुधबार (आज) दिउँसो काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

पश्चिम बंगालको आसपास रहेको न्यूनचापीय क्षेत्रका कारण पूर्वी र मध्य भूभाग तथा पश्चिमी वायुको प्रभावका कारण पश्चिम क्षेत्रमा मध्यम खालको पानी पर्ने सम्भावना रहेको हो ।

यस्तै आज राति पनि मध्य र पूर्वका थोरै ठाउँ र पश्चिम पहाडका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.