तीन वर्षीय बालिका बलात्कार आरोपमा ६० वर्षीय बृद्ध पक्राउ

२३ असोज, बझाङ ।
३ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा बझाङ जिल्लाको छविस पाथिभेरा गाउँपालिका–३ सोती गाउँका ६० वर्षीय रामभक्त दमाईलाई प्रहरीले पक्राउ छ ।

पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय बझाङमा जबरजस्ती करणी सम्बन्धि मुद्दा दर्ता गराएपछि मङ्गलबार बालिका बलात्कार गरेको अभियोगमा दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

मदिरा सेवन गरी राति १० बजे तिर घरमा आएर ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको पिडितकी आमाको आरोप छ । मदिरा सेवन गरेर राति आफूमाथि जबरजस्ती करणी प्रयास गरेको र आफू उम्केर भाग्दा नाबालिका छोरीमाथि करणी गरेको उनको भनाइ छ ।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रामभक्तलाई पक्राउ गरी जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत्त पाण्डेयले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.