२३ असोज, काठमाडौं ।
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गतको समूह बी को खेलमा नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै छ।
विश्वकपमा समेत सहभागिता जनाउँदै आएको अस्ट्रेलिया बलियो र अनुभवी टोली हो। नेपाली टोलीले यसअघि २ खेल खेलेको छ। जसमा पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भयो भने दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो।
नेपाल र अस्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे जियो स्टेडियम क्यानबेरामा सुरु हुनेछ। नेपाल रहेको समूह बी मा कुवेत, नेपाल, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन्।
समूह बीमा कुवेत, नेपाल र चाइनिज ताइपेईले २ खेल खेलेका छन् भने जोर्डन र अस्ट्रेलियाले १ खेल खेलेका छन्। २ खेल खेलेका कुवेत र नेपाल १ खेलमा जित र १ खेलमा पराजय भोग्दै ३ अंक जोडेका छन्।
१ खेलमा मात्र खेलेका अस्ट्रेलिया र जोर्डनले पनि जित निकाल्दै ३ अंक नै जोडेका छन्। गोल अन्तरको आधारमा कुवेत तालिकाको शीर्ष स्थानमा छ।