२३ असोज, एजेन्सी ।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनी र अर्जेन्टिना २–२ गोलको बराबरीमा रोकिएका छन् ।
बुधबार राति जर्मनीको डर्टमन्डमा भएको खेलमा घरेलु टोलीले लिएको २ गोलको अग्रता जोगाउन नसक्दा खेल बराबरी भएको हो । पहिलो हाफमा सर्गे नाब्री र काइ हाभर्जले एक–एक गोल गर्दै जर्मनीलाई २–० को अग्रता दिलाएका थिए ।
नाब्रीले खेलको १५औं र हाभर्जले २२औं मिनेटमा गोल गरेका थिए । तर, दोस्रो हाफमा अर्जेन्टिनाका लुकास अलारियो र लुकास ओकाम्पोसले एक–एक गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
अलारियोले ६६औं र ओकाम्पोसले ८५औं मिनेटमा गोल फर्काए ।