स्याङ्जाका आलेको हत्यामा संलग्न ५ जना प्रहरी नियन्त्रणमा

स्याङ्जाका आलेको हत्यामा संलग्न ५ जना प्रहरी नियन्त्रणमा

२३ असोज, स्याङ्जा । हरिनास गाउँपालिका–५ वलिकोटका २९ वर्षीय महेन्द्रबहादुर आलेको हत्यामा संलग्न भएको भन्दै ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हरिनास-६ का २३ वर्षीय नरेश मानन्धर, ३० वर्षीय मातृका मानन्धर, १९ वर्षीय बिमल मानन्धर, २८ वर्षीय अमृत मानन्धर र १९ वर्षीय धर्म मानन्धर रहेका प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्लाका विभिन्न भागबाट नियन्त्रणमा लिइएको हो ।

बुधबार राति एक आपसमा झगडा पछि भएको कुटपिटबाट आलेको घटनास्थलमै ज्यान गएको थियो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नबिनकृष्ण भण्डारीका अनुसार घटनालगत्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जा, इलाका प्रहरी कार्यालय चिसापानी, इलाका प्रहरी कार्यालय रत्नपुरको प्रहरी टोलीले घटनामा संलग्न ५ जनालाई पक्राउ गरिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.